कांग्रेसका बागी उम्मेदवार महादेवलाई १ हजार ३ सय ४० मत

समाधान संवाददाता २०७९ मंसिर ११ गते १७:५१

पाेखरा ।

कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका बागी उम्मेदवार महादेव गुरुङले १ हजार ३ सय ४० मत ल्याएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङले कास्की २ मा एकीकृत समाजवादीको पोल्टामा परेपछि बागी उम्मेदवार दिएका थिए ।

गुरुङ २०४९ मा कास्की जिल्ला विकास समितिका सभापति भएका थिए । २०५६ को निर्वाचनमा कास्की–२ बाट उम्मेदवार बनेर निर्वाचन जित्दै उनी पर्यटन राज्यमन्त्री समेत बनेका थिए । उनी तरुण दलका केन्द्रीय अध्यक्ष समेत भएका व्यक्ति हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका सुवर्णराज पन्तले ३ हजार ९ सय ९३ मत प्राप्त गरे ।

Advertisement

स्वतन्त्र उम्मेदवारी दिएका ऋगेन्द्र गिरीले ९ सय १४, हाम्रो नेपाली पार्टीका उम्मेदवार शिरीष गुरुङले ७ सय ६२, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार बुद्धिकुमारी गुरुङ ३ सय ५७, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार ज्ञानराज गुरुङ २ सय ५९ र जनमत पार्टीका उम्मेदवार महेन्द्र शर्मा १ सय ३९ मत प्राप्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया