विद्यार्थीलाई ग्लोबल आइएमइको साथ

पोखरा ।
ग्लोबल आइएमई बैंकले गरिब तथा विपन्न वर्गका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । असल छिमेकी सहयोग संघ (गोनसा )नेपालसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५३ बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री प्रदान गरेको बैंकका गण्डकी प्रदेशका प्रबन्धक महेश सिलवालले जानकारी दिए ।
उनले बैंकले नाफाको १ प्रतिशत रकमबाट शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गरेको बताए । ‘बैंकले प्रत्येक वर्ष हरेक प्रदेशमा महिलाको स्वास्थ्य शिविरका अलावा शिक्षा, स्वास्थ्यको क्षेत्रमा लगानी गरेको छ,’ उनले भने, ‘बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम हरेक प्रदेशमा १० प्रतिशतको दरले सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ ।’
गोनेसा नेपाल पोखरा अध्यक्ष रामप्रसाद सुवेदीले कठिन परिस्थिति तथा विपन्न वर्गका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा काम गरेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रसँगको सहकार्यमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरेको बताए ।
कार्यक्रममा बैंकका सभागृह शाखाका कर्जा अधिकृत सुरेश ओली, संस्थाका कार्यक्रम संयोजक शिव शर्मा सुवेदी, सुपरभाइजर कमलबहादुर पुन लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया