लेखनाथ जुनियर च्याम्पियनसिप १७ गतेबाट
समाधान संवाददाता
२०७९ मंसिर १२ गते १२:२९

लेखनाथ ।
लेखनाथ क्योकिसन कान कराँते डोजोको आयोजनामा मंसिर १७ गते दोस्रो लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप लेखनाथको पावरहाउसमा हुने भएको भएको छ ।
लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका १६ वर्ष मुनिका ६० जनाभन्दा बढी खेलाडीले विभिन्न १० तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा पुरुषतर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहमा खेल हुने छन् । महिलातर्फ ३० केजी मुनि, ४० केजी मुनि र ५० केजी तौल समूहमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक तथा लेखनाथ पावरहाउस डोजो प्रशिक्षक विनोद नेगीले जानकारी दिए ।
खेलाडीलाई सिकेको कला देखाउन र सिनियर प्रतियोगिताका लागि तयार पार्न प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशिक्षक सुवास खड्काले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया