नयन र स्वागत सहकारी मर्ज

समाधान संवाददाता २०७९ मंसिर १२ गते १२:३१

लेखनाथ ।
पोखरा २६ मा रहेको नयन वचत तथा ऋण सहकारी र पोखरा १४ चाउथेमा रहेको स्वागत बचत तथा ऋण सहकारीबीच एकीकरण भएको छ । एकीरण भएपछि नयन बचत तथा ऋण सहकारी नामकरण भई सेयर पुँजी ४ करोड ७४ लाख १५ हजार ८ सय पुगेको छ ।

सहकारीको निक्षेप १२ करोड ३५ लाख ९० हजार ४ सय ६२ पुगेको छ भने लगानीतर्फ १५ करोड ७ लाख ७१ हजार ४ सय ५१ पुगेको छ । एकीकरण घोषण सभा तथा विशेष साधारण सभाले आगामी कार्यकालका लागि टीकाराम सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी, सचिव शिवहरि सुवेदी, सहसचिव शोभामोहन सुवेदी र कोषाध्यक्षमा अर्जुन सुवेदी छन् । सदस्यमा सान्तोष सुवेदी, दामोदर सापकोटा, मेनकादेवी लामिछाने, सन्दीप सुवेदी, शिवप्रसाद अधिकारी र यमनारायण श्रेष्ठ छन् ।

Advertisement

सभामा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले समान योजना र उद्देश्य भएका सहकारी एकीकरण भई सामूहिक लगानीको अवधारणाले आयआर्जनमा जोडिनुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बलराम ढकाल, शिक्षा उपसमिति संयोजक दामोदर सापकोटा, उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, विमल भण्डारी, शिवहरि सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया