सिभिल बैंकमा रक्तदान

समाधान संवाददाता २०७९ मंसिर १२ गते १२:५२

लेखनाथ ।
पोखरा २७ तालचोकमा रहेको सिभिल बैंक लिमिटेड लेखनाथ शाखाले बैंकको १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा छात्रवृत्ति वितरण गरेको छ ।

कार्यक्रममा ४८ युनिट रगत संकलन गरेको शाखा प्रमुख नवराज दाहालले जानकारी दिए । बैंकले वार्षिकोत्सव र बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा ३२ तल्लो गगनगौंडामा रहेको हिमालय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थी अञ्जली परियारलाई नगद तथा छात्रवृत्ति प्रदान गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया