समाधान संवाददाता २०७९ मंसिर १३ गते १४:१६

पोखरा ।

चापाकोट नगरपालिकाकाका केही केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरी मतदान गराएको विषयको विवादले रोकिएको स्याङ्जा २ मा मतगणना सुरु गर्ने कि पुन मतदान गराउने भन्नेबारे निर्वाचन आयोगले आज मंगलबार निर्णय गर्ने भएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले समाधानसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया