नेपाल चाइना चेम्बर गण्डकीमा वैभव

पोखरा ।
नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनीत भएका छन् । संघको विधान अनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनीत गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिए ।
पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष हुन् । उनी होटल बाराही, बाराही हस्पिटालिटी, बिच बार एन्ड लज, ब्यञ्जन रेस्टुरेन्ट, बाराही जंगल लज, बब्स जिम लगायत विभिन्न व्यवसायका सञ्चालक हुन् । पर्यटन र सेवा क्षेत्रमा डेढ दशकको अनुभव रहेका पौडेल रेबान, हान, स्वीमिङ एसोसिएसन लगायतका संघ संस्थामा उत्तिकै सक्रिय छन् ।
पोखरा लगायत गण्डकी प्रदेशमा फैलँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई दृष्टिगत गर्दै नेपाल चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर यसै क्षेत्रमा गठन गरेको हो ।
संघका अध्यक्ष तुलाधरले नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफू केन्द्रित रहने प्रतिबद्धता जनाए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया