मुस्ताङबाट ५९ करोड ४० लाख करोडको स्याउ बिक्री

समाधान संवाददाता २०७९ मंसिर १४ गते १०:३४

जोमसोम–मुस्ताङमा यसवर्ष ५९ करोड ४० लाख बढीको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । यहाँ ६ हजार ५९७ मेट्रिक स्याउ उत्पादन भएकोमा १० प्रतिशत स्याउ जिल्लामै लोकल उत्पादनमा खपत हुँदा उक्त परिमाणमा मुस्ताङले आर्थिक आम्दानी गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
गत वर्ष ५ हजार ५६४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।यसवर्ष १ हजार ३३ मेट्रिक टन अर्थात १८ दशमलव ५६ प्रतिशत स्याउ थप उत्पादन वृद्धि भएको कृषि ज्ञान मुस्ताङले जनाएको छ ।
मुस्ताङबाट औसत प्रति केजी स्याउ एक सय रुपैयामा स्याउ बिक्री वितरण भएको कार्यालयको भनाई छ । तर, जिल्लामा खपत भएका स्याउ भने पर्यटकलाई एक सय ३० देखि एक सय ५० सम्म बिक्री गरिएको थियो । मुस्ताङमा कम गुणस्तरका १० प्रतिशत स्याउ ब्रान्डी,जुस,साईडर र ड्राई एप्पल आदी बनाउन प्रयोग गरिएको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाका विभिन्न किसानहरुको बगैचामा पुगेर स्याउको तथ्यांक संकलन गरेको थियो । केन्द्रले क्रप कटिङ विधि र जिल्लाका स्थानीय स्याउ किसानहरुसंग सोधपुछ गरी स्याउ उत्पादनको तथ्यांक तयार गरेको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । ‘हामीले स्याउ किसानको बगैचामा पुगेर क्रप कटिङ ग¥यौं,उनीहरुसंग सोधपुछ पनि ग¥यौं,’कार्यालय प्रमुख बस्ताकोटीले भने,‘कुनै पनि निश्चित स्थानको निश्चित क्षेत्रफलमा फरक÷फरक तरिकाले स्याउ उत्पादनको मापन गरेका थियौं,यसले स्याउको औसत उत्पादन निकाल्ने गरेका छौं ।’

चालुवर्ष २०७९÷०८० मा जिल्लाको कुल ५८० हेक्टर जमिनमा लगाईएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको हो । मुस्ताङका ५ वटै स्थानीय तहमा गरी कुल १ हजार ४७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । जिल्लामा उत्पादन हुने ५ सय ८० हेक्टर जमिनको उत्पादनशील स्याउ बगैचाको क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रति हेक्टर जमिनमा ११ दशमलव ३७ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख बस्ताकोटीले बताए ।न
यसैगरी जिल्लाको कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिक टन उच्चनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा कुल १ हजार ४७५ हेक्टर स्याउ उत्पादन क्षेत्रमा मध्ये कुल ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती बिस्तार भएको छ । जसमध्ये २२ हेक्टर क्षेत्रफलमा लगाईएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ बोटले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्रले उल्लेख गरेको छ ।उच्च घनत्व प्रविधिमा आधारित प्रतिहेक्टर क्षेत्रफलमा लगाईएको स्याउ बोटमा करिव २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार नयाँ स्याउ बगैचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, जिल्लाको किसानले स्याउ बगैचा व्यवस्थापनमा ध्यान दिन थालेको र यसवर्ष स्याउका लागि अनुकुल मौसम भएकाले यसवर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको हो ।

पछिल्लो केही वर्ष यता मुस्ताङका किसान धमाधम परम्परागत जातका स्याउ भन्दा उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ आर्कर्षित हुन थालेका छन् ।संघीय तथा प्रदेश सरकार अनुदानमा मुस्ताङका किसानलाई सहुलियत दरमा उच्चघनत्व प्रविधिमा आधारित स्याउ बिरुवा उपलब्ध गराईपछि स्याउ उत्पादनको क्षेत्रफल वृद्धि हुन थालेको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम अन्तर्गत करिव १२५ वटा सहकारी÷समुह÷निजी फर्म आवद्ध छन् । यसैगरी कृषि ज्ञानकेन्द्र मुस्ताङले स्याउ बिशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रमहरु संञ्चालन गर्दैआईरहेको छ ।
मुस्ताङमा उत्पादित स्याउ मध्ये ७० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुने गरेको छ भने । बाँकी स्याउ जिल्लामै खपत हुने गर्छ ।बर्सेनि मुस्ताङका बगैचामा उत्पादित स्याउ खरिद गर्न जिल्ला बाहिरका ब्यापारीहरु स्याउ नपाक्दै श्रावण÷भदौ महिनामा मुस्ताङ आउने गर्छन ।स्याउ धनी र ब्यापारीबीच स्याउ बगैचा अवलोकन गरी आपसी सहमती ठेक्का सम्झौता गर्छन । भदौ महिनामा स्याउका बैनापट्टा गरेर गएका ब्यापारी असोज लागेपछि स्याउ टिप्न मुस्ताङ आउँछन् ।

तपाईको प्रतिक्रिया