प्रतिभा माविमा स्पोर्टस् मिट सुरु

पोखरा ।
पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मिट मंगलबार सुरु भएको छ । मंसिर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तर सदनात्मक प्रतिष्पर्धा हुनेछन् । हरियो, रातो, पहेंलो र नीलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने छन् ।
विद्यालयका डाइरेक्टर किरण सापकोटा र प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयका खेलकुद शिक्षक लीला गुरुङलाई बल हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे । निर्देशक सापकोटाले प्रतिभा गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको उल्लेख गरे । प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्ति रहेको उनको भनाइ छ ।
प्रिन्सिपल पराजुलीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गरे । विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले स्पोर्टस् मिटमा छात्रछात्राबीच अन्तर सदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, दौड लगायतका खेल हुने छन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
विद्यार्थी तथा खेलाडीको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सन्दीप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई जनही १ लाखसहित विद्यालयले सम्मान गरिसकेको छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय हो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया