गेट किपर तालिम

पोखरा ।
मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी गेट किपर तालिम सोमबार सकिएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा तालिम भएको हो ।
तालिम पोखरा महानगरपालिका वडा कार्यालय ५ र सहरी स्वास्थ्य केन्द्र पोखरा ५ को समन्वय तथा सिबिएमको सहयोगमा भएको थियो । पहिलो चरणमा पोखरा वडा नं. ५ भित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघ, संस्था तथा समूहका प्रतिनिधि, विद्यालयका प्रतिनिधि लगायत ४५ जना तालिममा सहभागी बने ।
तालिम मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या हुन सक्ने सम्भाव्यताको अध्ययन गर्दै यसको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत थियो । मुख्य प्रशिक्षक कोशिशका विनय पाण्डेले प्रशिक्षण दिएका थिए भने कार्यक्रम संयोजक कोशिशका सुदीप घिमिरे, मानव अधिकारकर्मी खिमलाल सुवेदी, सहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदी र कोशिशकी नवीना आचार्यले सहजीकरण गरेका थिए ।
वडा सदस्य कल्पना भुवाजी क्षेत्रीको अध्यक्षतामा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मनोसामाजिक समस्या समाधानका लागि यस खालका तालिम सहयोगी हुने अपेक्षा गरे ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया