विश्वकप फुटबलः फ्रान्स, ब्राजिल र पोर्चुगल नकआउट चरणमा प्रवेश

समाधान संवाददाता २०७९ मंसिर १४ गते १२:३९

पोखरा ।
कतार विश्वकप २०२२ को दोस्रो चरण सकिदा ५ पटकको विश्व विजेता ब्राजिल, २ पटकको च्याम्पियन फ्रान्स र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् । सुरुआती दुवै खेलमा सानदार जित निकाल्दै ब्राजिल, फ्रान्स र पोर्चुगल ३२ राष्ट्रमध्ये २ खेलबाट नै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

समूह चरणका दुवै खेलमा जित निकालेको फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले पाखा लगाएको थियो । दोस्रो चरणको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्सले अघिल्लो चरणको स्थान पक्का गरेको हो ।

यसअघि सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको फ्रान्स यो पटक उपाधि रक्षाको होडमा छ । फ्रान्सले समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग खेल्नेछ ।
५ पटक विश्वकप उचालेको ब्राजिल समूह चरणको पहिलो खेलमा सर्विया र स्वीटजरल्याण्डसँग जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

Advertisement

समूह एचबाट पोर्चुगलले पनि अर्को चरणमा स्थान बनाइसकेको छ । दुबै खेल जितेको पोर्चुगल ६ अंकसहित शीर्षस्थानमा छ । पोर्चुगलले पहिलो खेलमा घाना र दोस्रो खेलमा उरुग्वेलाई पराजित गर्दै नकआउटमा पुगेको हो । बाँकी तीन टोलीका लागि अघिल्लो चरणको सम्भावना छ ।

कतार विश्वकपको उपाधि दाबेदार मानिएका पोर्चुगल, ब्राजिल र फ्रान्सले एक खेल अघि नै अन्तिम १६ मा स्थान बनाउँदा अन्य टोली भने समूह चरण पार गर्न संर्घष गरिरहेका छन् । नकआउट चरणमा स्थान पक्का गर्ने बाँकी १३ टोलीको टुंगो भने तेस्रो चरणमा थाहा हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया