चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

समाधान संवाददाता २०७९ मंसिर १४ गते १४:५२

पोखरा ।
चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । जेमिनको रक्त क्यान्सरका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि उपचारकै क्रममा बुधबार दिउँसो सांघाईमा उनको निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । जियाङ जेमिन सन् १९९६ मा नेपाल आएका थिए । २०५३ साल मंसिर २० गते जेमिन नेपाल भ्रमणमा समेत आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया