मुस्ताङमा बदर मत कम

समाधान संवाददाता २०७९ मंसिर १४ गते १६:५४

जोमसोम ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धेरै बदर मत बदर हुनुलाई चिन्ताको विषय मानिएको छ । तर हिमाली जिल्ला मुस्ताङमा भने बदर मत निकै कम छ । मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाइएकाले मत नगन्यमात्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुस्ताङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १.२ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ ०.९ प्रतिशत मत बदर भएको हो । मतदाता १० हजार ९५७ जना रहेकोमा ६५ दशमलव ९८ प्रतिशत मतदान भएको थियो । प्रतिनिधिसभातर्फ ७ हजार २५८ मत खसेको थियो । जसमध्ये ७ हजार १ सय ७० मत सदर भएको थियो भने ८८ मत बदर भएको थियो ।

प्रदेशतर्फ ७ हजार २ सय ५६ जनाले मतदान गरेका थिए । जसमा ७ हजार १ सय ७७ मत सदर भएको छ । ६९ मतमात्र बदर हुन पुगेको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । प्रतिनिधि र प्रदेश (१) र (२)मा गरी १ सय ५७ मतमात्र बदर भएको थियो ।
मुस्ताङ प्रदेश (१)मा कुल ३ हजार ४ सय ४१ मध्ये १ हजार ८५५ मत खसेको थियो ।

Advertisement

जसमध्ये सदर मत १ हजार ८ सय ४१ र बदर मत जम्मा १४ छ । यहाँ शून्य दशमलव ७४ प्रतिशत मत बदर भएको हो । मुस्ताङ प्रदेश (२)मा कुल ७ हजार ४ सय १६ मतदातामध्ये ५ हजार ४ सय १ मत खसेको थियो । यहाँ ७२ दशमलव ८२ प्रतिशत मतदान भएको थियो । प्रदेश (२)मा जम्मा ५५ मत अर्थात १ दशमलव ०१ प्रतिशत मत बदर भएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ पनि बदर मतको सख्या एकदमै कम देखिएको छ । प्रत्यक्ष भन्दा प्रतिनिधिसभा समानुपातिकमा ० दशमलव २ प्रतिशत बढीमात्र बदर भएको हो ।

Advertisement

प्रतिनिधिसभा समानुपातिकमा मतदाता ११ हजार ३ सय ९८ मतदाता रहेकोमा ७ हजार ६ सय ९९ मतदाताले मतदान गरेका थिए । ७ हजार ५ सय ५७ अर्थात ६९ दशमलव ९ प्रतिशत मत सदर भएको थियो भने १ सय ४२ मत अर्थात १ दशलमव ८ प्रतिशत मत बदर भएको थियो ।

प्रदेश समानुपातिकतर्फ १० हजार ९ सय ५७ मतदाता मध्ये ७ हजार २ सय ५५ मत खसेको थियो । जसमध्ये १ सय ६८ मत अर्थात २ दशमलव ३ प्रतिशत मत बदर भएको थियो । यहाँ ७ हजार ८७ मत सदर भएको छ ।

जिल्लाको एकमात्र अस्थायी मतदान केन्द्र जिल्ला कारागारमा २ सय १६ जनाले मतदान गर्नुपर्नेमा ९९ मतमात्र खसेको थियो । निर्वाचनमा खटिएका र अस्थायी मतदाता नामावलीमा नाम भएका ४ सय ४१ जनाले मतदाता थिए ।

यसप टकको प्रतिनिधिसभामा एकै पटक अलग अलग मत पत्र लिएर क्रमैसँगै मतदान गर्नुपर्ने भएकाले पनि बदर मतको सख्या कम भएका हो । स्थानीय तह निर्वाचनमा एकै पटकमा अध्यक्ष, उपाध्यक्षसहित ७ जनालाई मतदान गर्नुपर्ने भएकाले बदर मत बढी हुन पुगेको थियो ।

तपाईको प्रतिक्रिया