
जोमसोम ।
मुस्ताङमा विद्युतीय(डिजिटल) युगमा नेपाली महिला उद्यमीको अवस्था र उद्यममा लैंगिक विभेदसम्बन्धी अनुसन्धानात्मक अध्ययन सुरु गरिएको छ । दक्षिण एसियाली महिला विकास मञ्चको आयोजना र एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग प्रर्वद्धक रहेको कार्यक्रमले मुस्ताङको महिला उद्यमीको अवस्था पत्ता लगाउनेछ ।
मुस्ताङ महिला उद्यमी संघको समन्वयमा बुधबार मुस्ताङको घरपझोङ गाउँपालिका ३ पुथाङ एअरपोर्टमा महिला उद्यमी अनुसन्धान सुरु गरिएको हो । सो अवसरमा महिला उद्यमीलाई विभिन्न प्रश्न भर्ने फाराम भर्न लगाई विद्युतीय (डिजिटल) अध्ययन सुरु गरिएको हो ।
मुस्ताङका महिला उद्यमीको अवस्था र उनीहरुलाई उद्यम विकासमा थप प्रोत्साहित गर्ने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्चको आर्थिक सहयोगमा केसियम कलेज काठमाडौंको विद्यार्थी टोली मुस्ताङ आएको हो ।
अध्ययन टोलीमा कलेजका मुख्य अनुसन्धानकर्ता रितेश ठाकुर र सहायक अनुन्धानकर्ता सहिसा दिक्षित र सिजन नेपानी छन् । टोलीले गण्डकी प्रदेशका कास्की, तनहँु, लमजुङ, बागलुङ र त्यसपछि मुस्ताङ गरी ५ जिल्लामा महिल उद्यमी अनुसन्धानात्मक अध्ययन सुरु गरेको हो ।
अध्ययन टोलीले गरेको विद्युतीय अनुसन्धानपछि सोको प्रतिवेदन दक्षिण एसियाली महिला विकास मञ्चमा बुझाइने टोलीकी सिजन नेपानीले जानकारी दिइन् । उनले महिला उद्यमीको सीप र क्षमता विकास गराई प्रविधि मैत्री बनाउन टेवा पुग्ने उल्लेख गरिन् ।
बदलिँदो डिजिटल युगमा महिला उद्यमीले सहज रुपमा वित्तीय कारोबार गर्न अनुसन्धानले सहयोग पुग्ने मुख्य अनुसन्धानकर्ता रितेश ठाकुरले बताए । उनले यो अनुसन्धानले मुस्ताङका महिला उद्यमीको वर्तमान अवस्था र उनीहरुलाई डिजिटल प्रविधिमा रुपान्तर गर्न टेवा पुर्याउने कार्यक्रमको मुख्य लक्ष्य छ ।
जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले महिला उत्थानका लागि महिला उद्यम विकासलाई थप सृजनशील र वैज्ञानिक बनाउँदै लैजानुपर्ने बताइन् । मुस्ताङ महिला उद्यमी संघकी अध्यक्ष सुकुन रसाइलीले महिला हिंसा र विभेद न्यूनीकरण गर्न महिला आर्थिक रुपले समृद्ध हुनुपर्ने उल्लेख गरिन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया