स्याङ्जामा धनराजको अग्रता कायमै

समाधान संवाददाता २०७९ मंसिर १५ गते १६:०४

पोखरा ।
स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले ६ हजार ६२५ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया