स्याङ्जा २ मा कांग्रेसका धनराजले बढाए मतान्तर

समाधान संवाददाता २०७९ मंसिर १५ गते २०:२२

पाेखरा ।

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।

गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन् । यता, २(१) प्रदेश तर्फ कांग्रेसका भोजराज अर्यालले १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया