स्याङ्जा २ क मा कांग्रेसका अर्याल विजयी

समाधान संवाददाता २०७९ मंसिर १६ गते ७:४५


पाेखरा ।

गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले १ सिट थपेकाे छ।
१० दिनपछि गणना भएकाे स्याङ्जा  २ काे प्रदेश सभा  २ (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् ।  अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।

भने  एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
याे सँगै कांग्रेसले गण्डकी  प्रदेश सभामा १७ सिट सुरक्षित गरेकाे छ ।

तपाईको प्रतिक्रिया