बाराही स्कुल ६६ वर्षमा

समाधान संवाददाता २०७९ मंसिर १६ गते १३:०१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनको बाराही माध्यमिक विद्यालयले बिहीबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सव समारोहमा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले बताए ।

समारोहमा प्रधानाध्यापक शिवप्रसाद भण्डारी, शिक्षक शम्भुप्रसाद भण्डारी दीर्घसेवा सम्मान तथा शिक्षक छवीकुमारी सापकोटालाई वर्ष शिक्षक सम्मान गरिएको अध्यक्ष खत्रीले बताए । कार्यक्रममा चलचित्रकर्मी ताराबहादुर गुरुङलाई समेत सम्मान गरिएको छ ।

सो अवसरमा प्रधानाध्यापक शिवप्रसाद भण्डारी र शिक्षक शम्भुप्रसाद पराजुलीलाई दीर्घसेवा सम्मान, शिक्षक छवीकुमारी सापकोटालाई वर्ष शिक्षक सम्मान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयले सप्ताहव्यापी रुपमा साँस्कृतिक, बौद्धिक क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम गरेको छ ।

Advertisement

कार्यक्रममा पोखरा ५ मालेपाटन निवासी चक्रपाणि सुवेदीले आफ्ना माता–पिता जीवनाथ–देउरुपा स्मृतिमा १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरे । विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले प्रगति प्रतिवेदन पेश गरे । गण्डकी विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले सार्वजनिक शिक्षाको सुधार गर्नुपर्नेमा जोड दिए ।

‘पोखरा आसपासको शैक्षिक विकास तथा सार्वजनिक शिक्षाको सुधारमा विद्यालयको योगदान छ,’ उनले भने, ‘शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शिक्षा क्षेत्रमा परिवर्तन गर्न सकिन्छ ।’ उनले विद्यालय शिक्षालाई समय सापेक्ष र गुणस्तरीय बनाउनु पर्ने बताए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले वडाको शिक्षाको अवस्था सुधार्न प्रयास गर्ने उल्लेख गरे । उनले सरोकारवालाको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षालाई व्यवस्थित बनाउने बताए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी पाएको महानगरले समग्र शैक्षिक विकास तथा सुधारमा ध्यान दिने बताए ।

कार्यक्रममा पोखरा ५ का निवर्तमान अध्यक्ष धनबहादुर नेपाली, बम्हकुमारी सुधा, समाजसेवी पुरुषोत्तमप्रसाद पराजुली, व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्रोणराज अधिकारी, पूर्व प्रधानाध्यापक सोमनाथ भुत्र्याल, शिक्षासेवी पुष्पराज बराल, वडा नम्बर ५ का वडा सदस्य हरिमाया विक, पूर्व जनप्रतिनिधि उज्ज्वल खत्री, अक्षयकोष दाता चक्रपाणि सुवेदी, विद्यार्थी कृति ढकाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया