माछापुच्छ्रेमा क्षमता अभिवृद्धि तालिम

समाधान संवाददाता २०७९ मंसिर १६ गते १३:०४

पोखरा ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माछापुच्छे्र गाउँपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाका लागि क्षमता २ दिने अभिवृद्धि तालिम आयोजना गरेको छ ।

कार्यक्रममा माछापुच्छ्रे गाँउपालिका अध्यक्ष मीनबहादुर गुरुङले लक्षित वर्गको हक अधिकारका लागि मानवअधिकार समूहले काम गर्ने विश्वास व्यक्त गरे । उनले मानव अधिकार प्रत्याभूतिका लागि पालिका प्रतिवद्ध र संवेदनशील रहेको उल्लेख गरे ।

गाँउपालिकाक उपाध्यक्ष सीता अधिकारीले महिला घरभित्र नै सुरक्षित नभएको अवस्थामा पुरुषको भूमिका परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले सम विकासका लागि सबैले पहल गर्नुपर्ने उल्लेख गरिन् ।

Advertisement

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख मायादेवी शर्माले क्षमता अभिवृद्धि तालिम निरन्तर गरिरहनुपर्ने विचार राखिन् । तालिममा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्ने र मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि राज्यलाई जवाफदेही र जिम्मेवार बनाउन आग्रह गरिन् ।

इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

२ दिन चल्ने तालिममा मानवअधिकारको अवधारणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जनवकालत, शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेद विरुद्धको अधिकारसम्बन्धी गाँउपालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था, समूह कार्य स्थानीय समुदायमा मानवअधिकारमा पनि शिक्षा, स्वास्थ्य, वातावरण र जातिय विभेदको अवस्था आदिबारे जानकारी दिइनेछ ।

तपाईको प्रतिक्रिया