१९ गते नारायणगोपाल साँझ

समाधान संवाददाता २०७९ मंसिर १६ गते १४:३५

पोखरा ।
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको पुण्यतिथिमा पोखरामा ‘नारायणगोपाल स्मृति साँझ–२०७९’ हुने भएको छ । रेडियो अन्नपूर्ण, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा मंसिर १९ गते सोमबार कार्यक्रम आयोजना हुन लागेको हो ।

गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा हुने स्मृति साँझमा रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले नारायणगोपालद्वारा संगीत तथा स्वरवद्ध गीत प्रस्तुत गर्ने छन् ।

विस १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ वर्षमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीत रेकर्ड छन् ।

Advertisement

स्वरसम्राट नारायणगोपालका गीतलाई पछिल्लो पुस्तामाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले बताए । अग्रज स्रष्टाको योगदानको कदर स्वरुप स्मृति साँझ आयोजना गरिने सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल र कलाकार संघका अध्यक्ष सुनील थापाले बताए ।

विगत केही वर्षदेखि रेडियोले स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको रेडियो अन्नपूर्ण, पब्लिक एफएम र अनलाइन अन्नपूर्णबाट समेत प्रत्यक्ष प्रशारण गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया