विश्व एड्स दिवस मनाइयो

समाधान संवाददाता २०७९ मंसिर १६ गते १४:३७

पोखरा ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, स्वास्थ्य कार्यलय कास्की, पोखरा महानगरपालिका र राष्ट्रिय एचआइभी एड्स महासंघ गण्डकी प्रदेशको संयुतm आयोजनामा विश्व एड्स दिवस मनाइएको छ । अहिलेसम्ममा गण्डकी प्रदेशमा एचआइभी संक्रमितको संख्या ३ हजार ६ सय २३ छ ।

अहिले प्रदेशमा १० एआरटी साइटमार्फत २ हजार ५ सय ३७ संक्रमितले एन्ट्री रेटो« भाइरस लिइरहेको तथ्यांक छ । एड्सको अन्त्यका लागी समानताको सुनिश्चतता भन्ने पुल उद्देश्य बोकी १ डिसेम्बर २०२२ को अवसरमा दिवस मनाइएको हो ।

सन् २०२१ को अन्त्यसम्ममा विश्वमा ३ करोड ८४ लाख मानिसमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । हाल नेपालमा ३० हजार मानिसमा एचआइभी एड्स भएको अनुमान छ ।

Advertisement

कार्यक्रममा सृजना बराल, लक्ष्मण बसौला, रव्न्द्र वास्ताकोटीm, मनोजकुमार गुरुङ, स्वास्थ्य कार्यलय कास्कीका प्रमुख बद्रीराज आचार्य र कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलीप गुरुङले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया