स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ

समाधान संवाददाता २०७९ मंसिर १६ गते १८:४०

पोखरा ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदार कांग्रेस गुरुङले १६ हजार ५३८ मतसहित अग्रस्थान लिएका हुन्।

Advertisement

उनका प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १४ हजार २२३ मत प्राप्त गरी गुरुङलाई पछ्याइरहेकी छन्। यी दुईबीचको मतान्तर २ हजार ३ सय १५ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार १ सय ६४ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेश (ख) मा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन्। उनले ३८०० मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार महेश भट्टराईले ३६७८ मत प्राप्त गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया