स्याङ्जा २ मा धनराजको अग्रता, रास्वपा तेस्रो

समाधान संवाददाता २०७९ मंसिर १७ गते ११:२७

स्याङ्जाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनकी निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार पद्मा अर्यालले २१ हजार २४४ मत सहित दोस्रो स्थानमा छिन् । गुरुङ २३ हजार २७० मतका साथ आफ्ना प्रतिस्पर्धीभन्दा २ हजार २६ मतले अघि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकप्रसाद गुरुङ ७ हजार २ सय ३८ मतसहित तेस्रो छन् ।

यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईभन्दा ९३ मतले अघि छन्। गठबन्धनतर्फका उम्मेदवार भट्टराईले ११ हजार २९४ मत पाउँदा एमाले तर्फक उम्मेदवार श्रेष्ठले ११ हजार २०७ मत पाएका छन्।

अहिलेसम्म गणना भएका कालीगण्डकी गाउपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र गल्याङका नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १०, ११ का मतगणना सकिएका छन्। अब, चापाकोट नगरपालिकाका १० वडाको गणना कार्य सुरु भएको छ।

Advertisement

तपाईको प्रतिक्रिया