पोखरा विश्वविद्यालयको स्वास्थ्य शिविर

पोखरा ।
पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनले निशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । शनिबार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साईन्सेज अन्र्तगत स्थापित संस्था,पोखरा विश्वविद्यालय वायोमेडिकल संगठनको आयोजनामा शिविर सम्पन्न भएको हो । उक्त अवसरमा यूरिक एसिड,सुगर, ब्लड प्रेसर, लगायत होलवडी चेकअप गरिनुको साथै स्वास्थ सम्वन्धि सचेतना समेत प्रदान गरिएको थियो ।
शिविरमा स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्सकी निर्देशक बिमला भट्ट, बिएसी एमएलटिका कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता, डा श्रृङखला तिमिल्सिना,लगायतको सहभागीता थियो। नवसैनिक फार्मेसी एण्ड डेण्टल क्लिनिक, विपिन वाग्ले, सन्दिप पोखरेल, कृष्णा बस्ताकोटी,महेश अधिकारी र फेवासिटि हस्पिटल एण्ड रिचर्स सेन्टरको सहयोगमा शिविर सम्पन्न भएको थियो ।
शिविरको संयोजकत्त्व रोशन पाण्डेले गरेका थिए भने कार्यक्रमको संचालन सुस्मीता बरालले गरेकी थिईन् ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया