‘क्याटवाक’ क्लवमा एकदेव लिम्बुकाे लाइभ कन्सर्ट

समाधान संवाददाता २०७९ मंसिर १८ गते १३:४६

पोखरा ।
गायक एकदेव लिम्बुले पोखरामा पहिलो पटक सांगितिक शो गर्ने भएका छन् । ‘क्याटवाक’ क्लवमा बुधबार लिम्बुले लाइभ कन्सर्ट गर्न लागेका हुन् ।

कन्सर्टको तयारी पूरा भएको र टिकट बिक्री भइरहेको क्याटवाकका सञ्चालक गुप्त लामाले बताए । युवामाझ राम्रो क्रेज भएका कलाकारको प्रस्तुतिले पोखरा रमाउनेमा सञ्चालक लामा ढुक्क छन् ।

करिब ४ महिना अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा संगीतकार र गायक एकदेव लिम्बुलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सय रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छुट दिने उद्देश्यले चरणवद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।

Advertisement

‘गाजल टिकी’, ‘सिर्फुल’, ‘क्या राम्री, ‘किन बोल्दैनौ’ लिम्बुका चर्चित गित हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया