कांग्रेस गण्डकीद्वारा धन्यवाद ज्ञापन

समाधान संवाददाता २०७९ मंसिर १९ गते १२:५७

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसिर ४ गते भएको निर्वाचनका सहयोगीलाई धन्यवाद ज्ञापन गरेको छ । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा आइतबार भएको पदाधिकारी बैठकबाट धन्यवाद ज्ञापन गरेको हो ।

प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले यही आम निर्वाचन शान्तिपूर्ण तरिकाले गराउन सहयोग गर्ने निर्वाचन आयोग, सम्पूर्ण मतदाता, पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ता,सञ्चारकर्मी, सुरक्षाकर्मी तथा पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गरिएको बताए । निर्वाचनले संवैधानिक, प्रजातान्त्रिक पद्धति निर्माणमा सहयोग पुर्‍याएको उनले उल्लेख गरे ।

आम निर्वाचनबाट गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउने पाँच दलीय गठबन्धन भएकाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि आवश्यक पहल र छलफल गर्ने निर्णय भएको उनले सुनाए ।

Advertisement

गण्डकी प्रदेशबाट १८ संघीय सांसदका उम्मेदवारमध्ये १३ जना पाँच दलीय गठबन्धनका छन् गण्डकी प्रदेश सभाका ३६ मध्ये गठबन्धनबाट २३ सभा सदस्य गठबन्धनले जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया