पाँचौ अभियान भलिबल प्रतियोगिता हुने

समाधान संवाददाता २०७९ मंसिर १९ गते १४:३०
फाइल फाेटाे

पोखरा ।
पुष ७ गते देखि ९ गते सम्म पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा पोखरा ५ मालेपाटन खेलमैदानमा प्रतियोगिता हुन लागेको हो ।

युवालाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको क्लवका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १२ टिमको मात्र सहभागिता रहनेछ ।

प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

प्रतियोगिताको प्रायोजन प्राडा भरत खत्रीले गरेका छन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिसकिएको संयोजक गिरीले जानकारी दिए ।

विगत १६ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य, वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया