अपांगतामैत्री समाजलाई लेखनाथ होटल ट्रेडिङको सहयोग

लेखनाथ ।
लेखनाथ होटल ट्रेडिङ सेन्टरले अपांगतामैत्री समाज दृष्टि विहिन आश्रम कास्कीलाई सहयोग गरेको छ । सेन्टरले वार्षिकोत्सवको अवसरमा खाद्यान्न, तरकारी तथा फलफुल सहयोग गरेको हो ।
हाेटलका संस्थापक शुरेस कन्दङवा, संचालक दिपेन्द्र अधिकारी र प्रिन्सीपल संगिता पन्थ अधिकारीले आश्रम संचालक समितिका अध्यक्ष दण्डपाणि ढकाल र आश्रम संचालक सुसिल गोदारलाई सामग्री हस्तान्तरण गरेका थिए ।
आश्रममा शारिरीक रुपले कमजोर र न्यूनदृष्टि भएकाहरु देशका विभिन्न ठाउँबाट आएका करिब २५ जना छन् । उनीहरु दिउँसो सहर बजारमा डुलेर धुप, सावुन, कलम, मैनबत्ति तथा सरफ विक्रिवितरण गरि विहान बेलुकाको छाक टाँदै आएकाे आश्रमका अध्यक्ष ढकालले जानकारी दिए ।
विक्रीका लागि सामान बजारमा लिएर हिड्दा व्यापार पनि कम हुने र समाजले न्यूनदृष्टि भएकालाई हेर्ने नजर पनि फरक शैलीको भएकाले विभिन्न दात्री निकायसँग सहयोगको अपिल गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया