प्रभु बैंक गलकोट स्क्वायरमा सर्‍याे

समाधान संवाददाता २०७९ मंसिर १९ गते १६:२२

बागलुङ ।
गलकोट नगरपालिका ३ हटिया बजारमा रहेको प्रभु बैंक लिमिटेड नयाँ ठाउँमा सरेको छ । गलकोटमा विगत १४ वर्षदेखी वित्तिय क्षेत्रमा आफ्नो सेवा प्रवाह गर्दै आईरहेको बैंकले गलकोट स्क्वायर भवनबाट सेवा प्रदान गर्ने बैंकका शाखा प्रबन्धक चेतनारायण गौतमले जानकारी दिए । सेवाग्राहीलाई यातायात पार्किङमा समस्या थियो अब भने सहज हुने गौतमको भनाइ छ ।

डिजिटल माध्यमबाट कारोबार गर्नुका साथै २४ सै घण्टा एटिएम् सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको हालसम्म देशभर २ सय १८ वटा शाखा सञ्चालनमा रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया