सजिलो सेवा पोखरामा

समाधान संवाददाता २०७९ मंसिर १९ गते १९:०३

पोखरा ।
विगत केही वर्षदेखि काठमाडौंमा सेवा दिँदै आएको सजिलो सेवाले पोखरामा शाखा विस्तार गरेको छ । पोखरालाई केन्द्रविन्दु बनाएर सेवा दिने उद्देश्यले पहिलो डिजिटल सर्भिस मार्केट प्लेस ल्याएको हो ।

अब सजिलो सेवा एप मार्फत सेवाग्राहीहरुले घरायसी समस्याहरु प्लम्बिङ, इलोक्टोनिक र होम सलुन सेवा पाउन सक्ने मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठले बताए ।


२०१७ मा काठमडौंबाट सुरुवात भएको यो सेवाले हाल सम्म ५० हजार मानिसलाई सेवा दिइसकेको उनले सुनाए । उनले अब युवाहरुलाई रोजगारी समेत वृद्धि गर्ने समेत बताए । अहिले कम्पनीले २५० सेवाग्राही मार्फत ५० भन्दा धेरै ठाउँमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement


सेवाका प्रमुख विमल बास्तोलाले पोखरामा ४० जनाले दर्ता गरिसकेको सुनाए । पोखरामा सजिलो सेवासँग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइटमा गएर वा मोवाइल एप अथवा वा फोनबाट पनि नाम टिपाउन सक्ने जनाएको छ । यसका सेवा प्रदायकहरुले मासिक २० देखि १ लाख ५० हजार सम्म कमाउन सक्ने प्रमुख बास्तोलाको सुनाए । सेवा ग्राहीले पहिलो ३ महिना सजिलो सेवाको प्रोमो कोर्ड प्रयोग गरेर ५ सय ५ रुपैयाँ छुट पाउन सक्ने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया