सिद्ध माविको अक्षयकोषलाई सहयोग

समाधान संवाददाता २०७९ मंसिर २० गते ११:१९

पोखरा ।
कोलपाटन आमा समूह पोखरा १५ ले श्री सिद्ध मावि अक्षयकोषमा ३० हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको छ । आमा समूहले देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको अध्यक्ष सावित्री पौडेलले बताइन् ।

शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले आमा समूहले अर्को वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा ५० हजार पुर्‍याउने वाचा गरिन् । पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले शिक्षा क्षेत्रमा गरेको लगानी र सहयोग कहिल्यै खेर नजाने बताए ।

बानियाँले अक्षयकोषको स्थापनाले विद्यालयको आर्थिक पाटो मजबुत हुँदै गएकाले अब विद्यालय सुधारका लागि वडा, विद्यालय प्रशासन, स्थानीय तथा सरोकारवाला मिलेर लाग्नुपर्ने बताए ।

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आलेले सहयोग रकम विद्यालयले उचित समयमा उचित प्रयोजनका लागि प्रयोग गर्ने र अक्षयकोषको रकम सदुपयोग गरिने प्रतिज्ञा गरे । प्रधानाध्यापक गुरुदत्त कोइरालाले २०७५ मा स्थापित अक्षयकोषमा हालसम्म ४५ लाख रकम जम्मा भएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया