‘मनाङेहरुलाई पार्टी प्रवेश गराउने हाे भने बरु हामी बाहिरिदिउँला’

पोखरा
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका युवा नेता शिवजी गुरुङले राजीव गुरुङ (दीपक मनाङे) को पार्टी प्रवेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मनाङेलाई सोमबार मात्रै एस अध्यक्ष नेपालले आफ्नै निवासमा पार्टी प्रवेश गराएका थिए ।
युवा नेता गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मनाङेहरुलाई प्रवेश गराउँदै जाँदा पार्टी शून्यतातर्फ जानेमात्रै बताएका छैनन्, नेतृत्वको यस्तै प्रवेशको चाहना भए आफूहरु बाहिरिदिन तयार रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा कुनै पनि क्षेत्रमा जित्न नसकेको र समानुपातिकतर्फ जम्मा ९५७३ लयाएको नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तारको गजबको कार्यक्रम लिएर आएछ—मनाङेलाई पार्टीमा प्रवेश गराउने । असफलताको वस्तुगत समीक्षा गरी जनचाहना अनुरुपको नीति – कार्यक्रम तथा युवा नेतृवसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जाने छ । बेलैमा चेतना भया । तैपनि पार्टी नेतृत्वको यही चाहना हो भने उहाँलाई प्रवेश गराउँदै गर्नू । हामी बहिरिदिउँला नि बरु ।’







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया