फ्रान्स र इंग्ल्याण्ड क्वार्टरफाइनलमा

पोखरा ।
अघिल्लो संस्करणको विजेता फ्रान्स कतार विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
यसअघि फ्रान्सले १९९८ मा पहिलो पटक र २०१८ मा दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । २०१४ को विश्वकपमा भने फ्रान्स क्वार्टर फाइनलबाट बाहिरिएको थियो ।
फ्रान्सको जितमा ओलिभर जिरुडले एक तथा केलियन एमबाप्पेले दुई गोल गरे । पोल्याण्ड कप्तान लेवान्डोस्कीले पेनाल्टी मार्फत १ गोल फर्काए । २००२ मा समूह चरणबाटै बाहिरिएको फ्रान्स २००६ मा फाइनलमा इटालीसँग पराजित भएको थियो ।
२०१० मा समूह चरणबाटै बाहिरिएको थियो । २०१४ मा क्वार्टरफाइनल पुगेको फ्रान्स अघिल्लो पटक क्रोएसियालाई पराजित गरेर दोस्रोपटक विश्वकप जितेको थियो। यसपटक पनि क्वार्टर फाइनलमा पुगेको छ ।
सेनेगललाई ३–० ले पराजित गर्दै इङ्ल्याण्डले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा इंग्ल्याण्डका जोर्डन हेन्डरसनले सुरुवाती ३८ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले दोस्रो गोल थपे ।
५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्यो । इङ्ल्याण्डले सन् १९६६ मा घरेलु मैदानमा विश्वकप उपाधि जितेको थियो । यसअघि २०१८ को विश्वकपमा सेमिफाइनलमा पुगे पनि क्रोएसियासँग पराजित भएको थियो । इङ्ल्याण्डले क्वार्टरफाइनलमा फ्रान्ससँग भिड्नेछ ।
गोल्डेन बुटमा अघि लागे एम्बाप्पे
कतार विश्वकपमा गोल्डेन बुटको दौडमा फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले अग्रता लिएका छन् । उनले ४ खेलमा ५ गोल गर्दै प्रतिस्पर्धीलाई २ गोलले पछि पारेका हुन् ।
एमबाप्पेले पोल्याण्डविरुद्ध २ गोल गरेका हुन् ।
यसअघि डेनमार्कविरुद्ध पनि उनले २ गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा भने उनलाई रिजर्भमा राखिएको थियो । खेलमा फ्रान्स पछि परिसकेपछि मैदान प्रवेश गरे पनि गोल गर्न सकेनन् । पहिला खेलमा अष्ट्रेलियालाई ४–१ ले पराजित गर्दा पनि उनले १ गोल गरेका थिए ।
अन्य ६ खेलाडीले समान ३ गोल गरेका छन् । नकआउट चरणका खेल चलिरहँदा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी र फ्रान्सकै ओलिभर जिरुड थपिएका छन् । समूह चरणमा समान २ गोल गरेका मेस्सी र जिरुडले नकआउटमा १/१ गोल थपेका हुन् ।
यस्तै स्पेनका अल्भारो मोराटा, नेदरल्याण्ड्सका कोडी गोक्पो, इक्वेडरका इनर भ्यालेन्सिया, इङ्ल्याण्डका मार्कस रासफोर्डले पनि ३ गोल गरेका छन् । भ्यालेन्सियाको टिम इक्वेडर समूह चरणबाटै बाहिरिएकाले गोल्डेनबुट जित्ने उनको सम्भावना सकिएको छ । मोराटा र रासफोर्डले एक खेल कम खेलेका छन् ।








सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया