कसैले बनाउनुपर्दैन, आफैं मन्त्री बन्नसक्छु: राजीव गुरुङ

समाधान संवाददाता २०७९ मंसिर २० गते १७:५८

पोखरा ।

Advertisement

मनाङबाट प्रदेशसभा सदस्यमा विजयी भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्री बन्नका लागि एकीकृत समाजवादी पार्टीमा नआएको स्पष्ट पारेका छन्। उनले मन्त्री आफैँ बन्नसक्ने बताए।

‘मन्त्री भनेको ठूलो कुरा होइन। यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन। म यतिकै मन्त्री बन्नसक्छु,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने। उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरहरु आएकोसमेत बताए।

स्वतन्त्र विजयी भएका गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए। उनले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबीसमेत गरे।

उनले मन्त्री कसैले दिएर पाउने चिज नभए बताए। ‘अबको मन्त्रीमा मैले दाबी गर्ने होइन। मेरो सभापतिले दाबी गर्ने हो,’ उनले भने। उनले मुख्यमन्त्री दिए पनि नचाहिने बताए। ‘मलाई मुख्यमन्त्री दिए पनि काम छैन। मलाई चाहिँदैन। त्यति एक्सपेरियन्स छैन,’ उनले थपे।

Advertisement

मनाङे गण्डकी प्रदेश सभाका युवा तथा खेलकुद मन्त्री छन्। मंसिर ४ गते भएको चुनावमा उनले मनाङको प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध भएका थिए।

तपाईको प्रतिक्रिया