गण्डकीमा समानुपातिकबाट कुन पार्टीलाई कति सिट ?

समाधान संवाददाता २०७९ मंसिर २१ गते १७:३३

पोखरा ।
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ। बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा एमाले ले पाएको छ।
एमालले गण्डकी प्रदेश सभामा १० सिट पाएको छ । नेपाली कांग्रेसले ९ सिट पाएको छ । नेकपा माओवादी केन्द्रले ३ सिट मात्रै पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जम्मा २ सिट पाएको छ ।

तपाईको प्रतिक्रिया