प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता कसले गर्ला ?

समाधान संवाददाता २०७९ मंसिर २१ गते १८:२५


पोखरा ।

निर्वाचित सांसदमध्ये सबैभन्दा बढी उमेर भएको सांसदले पहिलो प्रदेश सभा बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता कांग्रेसका विन्दुकुमार थापा वा एमालेका मित्रलाल बस्यालमध्ये एकजनाले गर्न सक्ने देखिन्छ । प्रत्यक्ष निर्वाचित भएकामध्ये कांग्रेसका थापा र एमालेका बस्यालको उमेर ६५ वर्ष पुगिसकेको छ ।

६५–६५ वर्षका यी दुबै सांसदमध्ये कसको उमेर बढी छ, त्यो निर्णय निर्वाचन आयोगले गर्नेछ । दलहरुले बुझाएको समानुपातिक सूचीबाट सांसद बन्ने सम्भावना रहेकाहरुको उमेर ६५ वर्षभन्दा कम देखिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया