एनटिएचएमसीमा विद्यार्थीको उद्यमशिलता र कार्य दक्षता विकास गर्न समिति गठन, अध्यक्षमा कविन

पोखरा ।
नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजमा विद्यार्थी कविन सापकोटाको अध्यक्षतामा सेन्टर फर बिजनेस मेनेजमेन्टमा युथ डेभलपमेन्ट समिति गठन गरेको छ ।
विद्यार्थीलाई उद्यमशिलता, कार्य दक्षता, सामाजीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बिबिए ७ सेमेस्टारका सापकोटाको नेतृत्वमा २० सदस्यीय कार्यसमिति चयन भएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा बिबिए ३ सेमेस्टारकी उमाकमारी थापा, बिबिए २ सेमेस्टारका सचिव प्रशान्त सुवेदी, उपसचिव बिबिए बि आई ५ सेमेस्टारकी करिमा आले, कोषाध्यक्षमा बिबिए बि आई ५ सेमेस्टारका कुसल श्रेष्ठ, र उपकोषध्यक्षमा बिबिए बि आई ५ सेमेस्टारकी प्रजिता खाँडको नेतृत्वमा कार्यसमिति गठन भएको हो । कार्यसमिति सदस्यमा जिया मराशैनी, सन्ध्या पौडेल, कुशल आले, शिव थापा, दीपा भुजेल, सुजन गुरुङ, प्रविन ढुंगाना, सञ्जिता पौडेल, अलिक श्रेष्ठ, कृष्ण थापा मगर, सुदीप ओझा, ममता सुवेदी, अमिशा परियार र अनुप गुरुङ चयन भएका छन् ।
डिजिटल भोटिङ सिस्टमबाट भएको निर्वाचनमा कलेजका प्रिन्सिपल रेग्मी, कोओडिनेटर हरिहर पौडेल र शिक्षक मिलन श्रेष्ठले सहजिकरण गरेका थिए । पिन्सिपल रेग्मीले विद्यार्थीलाई उद्यमशिलता, कार्य दक्षता विकासमा सहयोग पु¥याउन समिति गठन गरिएकाले शुभकामना दिए ।
उनले विद्यार्थीको समितिले सामाजिक कार्यसँगै, व्यक्तिगत क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए । ‘समितिले छिट्टै व्यापारिक योजना, मार्केटिङ तथा विज्ञापन प्रतियोगिता आईडिया, पिचिङ सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरु गर्नेछ,’ रेग्मीले भने ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया