पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
पोखरा ।
पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ भएका छन् । युनाइटेड क्लवको आयोजनामा पुस २७ देखि माघ ९ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको दोस्रो दिनसम्म ६० प्रतिशत स्टल बुकिङ भएको महोत्सव स्टल व्यवस्थापन उपसमिति संयोजक सिमा गुरुङले जानकारी दिइन् ।
महोत्सवमा २ सय ५९ स्टल छन् । महोत्सवमा व्यवसायिक स्टलबाहेक ६ वटा स्टल पर्यटन प्रवद्र्धनका लागि निशुल्क गरिएको छ । जहाँ ग्रामीण पर्यटन पर्वद्धन गर्ने गरी स्टल राख्न सकिनेछ ।
स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुला चिडियाखाना निर्माणमा पहलकदमी, सेतीनदी संरक्षण र विपद व्यवस्थापनको क्षेत्रमा युनाइटेड क्लवले काम गर्दै आएको छ ।
क्लबको पहलकदमीमा पोखरा वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधीन छ । त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिई जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य भइरहेको छ ।
हालसम्म चिडियाखाना निर्माणमा युनाइटेड क्लवले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको क्लब अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया