अन्तर्राष्ट्रिय रग्बी हुने
समाधान संवाददाता
२०७९ मंसिर २२ गते १६:२२
काठमाडौं ।
नेपालमा पहिलो पटक १८ वर्षमुनि (यु १८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ । एसिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मंसिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले बताए ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ राष्ट्रको सहभागिता रहनेछ । पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेइ, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया, भारत र बंगलादेशको सहभागिता रहनेछ । यसैगरी महिलातर्फ नेपाल, भारत, युएई, मलेसिया र थाइल्यान्डको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि भारतीय टोली सोमबार नै नेपाल आइसकेको छ । नेपालको यु १८ टोलीले करिब डेढ महिनादेखि हेटाैंडाको रंगशालामा तयारी गरिरहेको छ ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया