लिटरेचर फेस्टिभलमा भाग लिन केपी ओली पोखरा आउने

समाधान संवाददाता २०७९ मंसिर २२ गते १६:३६

पोखरा ।
आउँदो पुस ६ गतेदेखि १० गतेसम्म पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री केपी ओली आउने भएका छन् ।

बुक वर्म फाउन्डेसनले आयोजना गर्ने फेस्टिभलमा वक्ताका रुपमा ओलीको सहभागिता हुने भएको छ । ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए ।

भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् ।

Advertisement

लिटरेचर फेस्टिभलको १० औं संस्करण पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा हुने भएको छ ।

फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको फेसबुकमा पोस्ट गर्दै लेखेका छन् -नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’

Advertisement

फेस्टिभलमा आउँदो पुस ७ गते हामीले ओलीज्यूको गैर-राजनीतिक व्यक्तित्वबारे सुन्नेछौं ।

तपाईको प्रतिक्रिया