एन–प्याब्सन खेलकुद महोत्सवमा एथ्लेटिक्सका ८ खेल सम्पन्न

पोखरा ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अत्तरगत एथ्लेटिक्सका ८ खेलहरु बिहीबार सम्पन्न भएको छ ।
बिहीबार भएको हाइ जम्प महिला सिनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डीङकी जेशा भण्डारीले प्रथम स्थान ल्याउन सफल भइन् भने कास्की मोडनाइजकी सलिना आयरले दोश्रो र साइनिङ स्टारकी याङजी लामाले तेश्रो स्थान ल्याउन सफल भइन् ।
त्यस्तै हाइ जम्पकै पुरुष सिनियर तर्फको फाइनल खेलमा कास्की मोडनाइजका कुशल गिरी प्रथम, न्यू लेखनाथ पब्लिकका बबिन बिक दोश्रो र अक्सफोर्ड स्कुलका अतिफ अहमद तेश्रो हुन सफल भए ।
त्यसैगरि हाइजम्प पुरुष जुनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवर, नेशनल क्रियशनका रितेश आले मगर र न्यू ग्यालेक्सीका दिनेश थापा क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल रहे ।
त्यस्तै हाइजम्प महिला जुनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी समिक्षा थापा प्रथम, मर्निङ ग्लोरीकी बिपाशा बिक दोश्रो र इम्यानुअल स्कुलकी रेबिका सिबि तेश्रो हुन सफल भइन् ।
बिहीबारनै भएको १०० मिटर सिनियर पुरुषतर्फको फाइनल खेलमा कास्की मोडनाइजका प्रमोद थापा प्रथम हुन सफल भएभने हेम्जा बोर्डीङका अन्जोल कुवँर दोश्रो र लिटल फ्लावरका लव पोखरेल तेश्रो हुन सफल भए ।
त्यस्तै सोही खेलको महिलातर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी कृष्ना क्षेत्री प्रथम, अक्सफोर्ड स्कुलकी पुर्णिमा भण्डारी दोश्रो र बड्स एकेडेमीकी नितु भण्डारी तेश्रो हुन सफल भइन् ।
त्यसैगरि १०० मिटर पुरुष जुनियरतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवर, कास्की मोडनाइजका आयुश घले दोश्रो र सनराइज बोर्डिङका अंकित झाक्रि क्रमशः प्रथम, दोश्रो र तेश्रो हुन सफल भए ।
त्यस्तै १०० मिटर महिला जुनियरतर्फको फाइनल खेलमा त्रिबेनि एकेडेमीकी एन्जल अधिकारी प्रथम, लिटल फ्लावरकी कृष्टा गुरुङ दोश्रो र हेम्जा बोर्डिङकी गुन्जन परियार तेश्रो हुन सफल भइन् ।
मंसिर २३ गतेसम्म सञ्चालन हुने खेखकुद महोत्सवमा ४२ विद्यालयले सहभागिता जनाएका छन् । एथ्लेटिक्सका बाँकी रहेका फाइनल खेलहरु शुक्रबार सम्पन्न हुनेछ ।
विजयी खेलाडी तथा विद्यालयलाई शुक्रबार एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया