पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि आपतकालीन अभ्यास

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय पोखराले भोलि २३ गते आपतकालीन अभ्यास गर्ने भएको छ । कार्यालयले विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो दखिने गरी एम्बुलेन्स आवतजावत एंव नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने जनाएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको छ । नागरिक उड्डयन प्राधिकरणले पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेसँगै उडान हुनु पूर्व क्यालिबे्रेसन फ्लाइट भएको हो ।
कम्पनीले १ हप्तासम्म गरिएको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन बुझाएको छैन । कम्पनीका अनुसार अब १ सातामा प्राधिकरणलाई बुझाइनेछ । पुस १७ मै उडान भर्न अझै थुप्रै खुड्किला पार गर्नुपर्ने अवस्था छ ।
यसमध्येको पहिलो खुड्किलो पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटान हो । १६ मिटर काटेर क्यालिबे्रसन फ्लाइट गरे पनि अझै २४ मिटर काट्न बाँकी छ । पुस १७ अगाडि नै ४० मिटर डाँडा काटिसक्नुपर्ने भए पनि यसको ठेक्का सम्झौता वैशाखसम्म छ ।
विमानस्थल सञ्चालनको अर्को प्रमुख समस्या पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल्ड साइट हो । रिठ्ठेपानी डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा अहिलेसम्म ल्यान्डफिल्ड साइट पुर्ने काम सुरु भएको छैन । महानगरले मंसिर १८ गते आइतबारदेखि पोखरा १४ मा रहेको ल्यान्डफिल्ड साइटमा फोहोर नफाल्ने भनेपनि फोहोर व्यवस्थापनको अर्को विकल्प नहुँदा सोही ठाउँमा फोहोर पुगिरहेको छ ।








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया