बैदाम तामाङ सेवा समाजको सभा

पोखरा ।
बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११ औं साधारण सभा बिहीबार भएको छ । सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समिति अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित भएको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङले तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए ।
अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रम गर्दै आएको बताए । उनले समाजका युवालाई समय, परिस्थिति अनुकूल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृति लगायतका पक्षको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ, नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव निमा तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन् । भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा ७ सदस्यीय तम्बा टोली गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया