गण्डकीमा सबै रक्त सेवा सित्तैमा

पोखरा ।
७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बिहीबार खुला रक्तदान भएको छ । गण्डकी प्रदेश स्तरीय मानव अधिकार महाभेलाको त्रिदिवसीय समारोह अन्तर्गतको कार्यक्रममा २० युनिट रगत संकलन भएको शान्तिका लागि नागरिक समाज पोखराका संयोजक तथा मानव अधिकार महाभेला गण्डकी संयोजक विना सिलवालले जानकारी दिइन् ।
कार्यक्रममा शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले क्षेत्रीय रक्त सञ्चार केन्द्रलाई अनुदान दिएर रक्त सेवालाई निशुल्क गरेको जानकारी दिए । ‘२०७८ फागुन १ देखि सबै बिरामीले रक्त सेवा निशुल्क रुपमा पाएका छन्,’ उनले भने, ‘रगतको ब्याकेजिङ वर्गिकरण र भण्डारणमा लाग्ने सबै खर्च गण्डकी प्रदेश सरकारले व्यहोरेको छ ।’ उनले कानुनलाई व्यवस्थित गरेर मानव अंग प्रत्यारोपणलाई निशुल्क बनाउने घोषणा गरे ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव मनमाया पंगेनी भट्टराई मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताइन् । मानव अधिकार महाभेला गण्डकी प्रदेश, गण्डकी प्रदेश सरकार र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा ‘न्याय सम्मान र मर्यादित रोजगारः हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको छ ।
सो दिवस (१० डिसेम्बर) अवसरमा स्थानीय सिर्जनाचोकदेखि सहिदचोकसम्म सचेतनामुलक र्याली निकालिने भएको छ । कार्यक्रममा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत समापन गरिने इन्सेक गण्डकी प्रमुख शिव खकुरेलले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख मायादेवी शर्मा लगायतले मानव अधिकार दिवसका बारेमा बोलेका थिए ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया