नगद मार्जिनकाे व्यवस्था हटाउन पश्चिमाञ्चल अटोमोबाइल्सकाे आन्दाेलन

समाधान संवाददाता २०७९ मंसिर २३ गते १३:५५

पोखरा ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर एसोसिएसन (वाडा) ले पोखरामा धर्ना दिएको छ । नाडा अटोमोबाइल्स् एसोसियसनले सरकारले ८ महिना अघिदेखि लगाएको आयात प्रतिबन्ध खुला गर्ने निर्णय स्वागतयोग्य भए पनि नगद मार्जिनको व्यवस्था हटाउन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नाडाले गरेको विरोध प्रदर्शनलाई समर्थन गर्दै वाडाले पनि पोखरामा धर्ना दिएको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको धर्नामा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एसोसिएसन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाले समर्थन गरेका थिए ।

पोखराको मानवअधिकार चोकमा बिहीबार भएको कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एनवाइइएफका अध्यक्ष सुयस मल्ल लगायतले बोलेका थिए ।

Advertisement

उनीहरुले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनुपर्ने, नगद मार्जिनको व्यवस्था हटाउनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनुपर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया