२४औँ माछापुच्छ्रे कराँते प्रतियागिता हुदै

पोखरा ।
२४औँ माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुबेदार मेजर धनबहादुर गुरुङ स्मृति कप आउँदो माघ १ गते पोखरा १७ महतगौंडा ढुंगेसाँघुमा गरिने भएको छ ।
स्ट्रोङ्गेस्ट क्योकुसिन काइकान कराँते आइके ओके सोनोदा ग्रुप नेपाल पोखराको आयोजनामा हुने प्रतियोगितामा पुरुष तथा महिलाहरुको बिच बिभिन्न तौल समूह बिच प्रतिस्पर्धा हुने छ ।
खेलकुद स्वास्थ्यका लागि अनि राष्ट्रका लागि आवश्यक भन्ने उद्देश्य बोकी खेलकुदको विकास नै देशको विकास हो भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले हरेक वर्ष माघे संक्रान्तिका दिन ढुंगेसाँघुमा खेलको आयोजना गरिने नेपाल क्योकुसिन कराँते संघ कास्कीका अध्यक्ष कृष्णबहादुर नेपालीले बताए ।
२३ वर्षदेखि निरन्तर कराँते प्रतियोगिताका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको नेपालीले सुनाए । ढुंगेसाँघुको पहिचान देश विदेशसम्म पुर्याउने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेको संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रत्नबहादुर आलेमगरले उल्लेख गरे ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया