एन–प्याब्सन खेलकुद महोत्सव: कस्को कति स्वर्ण ?

समाधान संवाददाता २०७९ मंसिर २३ गते १६:०४

पोखरा ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन–प्याब्सन० कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तरगत एथ्लेटिक्सका सबै खेलहरु सम्पन्न भएको छ ।

विभिन्न २७ वटा विधामा सम्पन्न एथ्लेटिक्सका खेलमा कास्की मोडनाइज ७ स्वर्ण पदक सहित एथ्लेटिक्सको अग्र स्थानमा छ । त्यस्तै हेम्जा बोर्डिङले ६ स्वर्ण पदक जित्न सफल भएको छभने चिल्ड्रेन एकेडेमीले ५ स्वर्ण पदक जिल्न सफल भएको छ ।

त्रिवेणी पब्लिकले भने एथ्लेटिक्सका २७ खेलमा ४ स्वर्ण प्राप्त गरेको छ । त्यसैगरि एलपि देभकोटा, लिटल फ्लावर, ज्ञानज्योती विद्याकुञ्ज, लिटल बेल्स र अक्सफोर्ड स्कुलले १/१ स्वर्ण पदक प्राप्त गरेका छन् ।

Advertisement

त्रिवेणी पब्लिककी एन्जिल अधिकारीले एथ्लेटिक्समा ३ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भइन् । उनले जुनियर महिलातर्फको १०० मिटर दौड, २०० मिटर दौड र लङ जम्पमा स्वर्ण पदक जितेकी हुन् ।

शुक्रबार पोखरा रंगशालामा भएको ४०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा कास्की मोडनाइजका सन्दिप कुँवरले स्वर्ण पदक जित्न सफल भएभने लिटल फ्लावरका कुश पोखरेलले रजत र हेम्जा बोर्डिङका आयुष बिकले कास्य पदक जित्न सफल भए ।

Advertisement

त्यस्तै ४०० मिटरकै सिनियर महिलातर्फको फाइनल खेलमा कास्की मोडनाइजकी सितल भण्डारीले स्वर्ण, ज्ञानज्योती विद्याकुञ्जकी पल्लभी नेपालीले रजत र चिल्ड्रेन एकेडेमीकी रिता बसेलले कास्य जित्न सफल भइन् ।

शुक्रबार नै भएको ४०० मिटर दौड जुनियर महिलातर्फको फाइनल खेलमा हेम्जा बोर्डिङककी आस्ता मगरले स्वर्ण, लिटल फ्लावरकी सुजाता कुमालले रजत र ज्ञानज्योती विद्याकुञ्जकी स्वइच्छा गुरुङले कास्य पदक प्राप्त गरिन् ।

२०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका अन्जल कुँवर, न्यु लेखनाथ पब्लिकका अनुप क्षेत्री, कास्की मोडनाइजका आयुष क्षेत्रीले क्रमशः स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल भए ।

२०० मिटर महिला सिनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्रीले स्वर्ण, त्रिभेनी पब्लिककी सुप्रिया अधिकारीले रजत र ज्ञानज्योती विद्याकुञ्जकी एन्जिला बुढाथोकीले कास्य पदक प्राप्त गरिन् ।

२०० मिटर दौड जुनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवरले स्वर्ण, कास्की मोडनाइजका श्रवण गुरुङले रजत र त्रिभेनी पब्लिकका सौगात रसाइलीले कास्य पदक प्राप्त गरेभने जुनियर महिलातर्फको फाइनल खेलमा त्रिभेनी पब्लिककी अन्जिल अधिकारीले स्वर्ण, चिल्ड्रेन एकेडेमीकी समिक्षा थापाले रजत तथा हेम्जा बोर्डिङकी गुन्जन परियारले कास्य पदक प्राप्त गर्न सफल भइन् ।

त्यसैगरि ४०० मिटरको पुरुष सिनियर रिलेतर्फको फाइनल खेलमा कास्की मोडनाइजले स्वर्ण, हेम्जा बोर्डिङले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयोभने सोही रिले सिनियर महिलातर्फको फाइनल खेलमा ज्ञानज्योती विद्याकुञ्जले स्वर्ण, कास्की मोर्डनाइजले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयो ।

त्यस्तै ४०० मिटरकै रिले जुनियर पुरुषतर्फको खेलमा कास्की मोडनाइज, हेम्जा बोर्डिङ र सागर मेमोरियलले क्रमशः स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए । सोही खेलको जुनियर महिलातर्फको खेलमा लिटल फ्लावरले स्वर्ण, कास्की मोडनाइजले रजत र चिल्ड्रेन एकेडेमीले कास्य पदक जित्न सफल भयो ।

मंसिर २१ गतेदेखि शुरु भएको खेलकुद महोत्सवमा ४२ विद्यालयले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया