चेन हुई र पटेलले जिते आइटीएफ डबल्स

समाधान संवाददाता २०७९ मंसिर २३ गते १७:२७

पोखरा ।
ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा विजेता भएका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् ।

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो ।

पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया