पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

पोखरा ।
नेपालकै जेठो म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यसले विश्वभरका दौड ‘वल्र्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एन्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता पाएको हो ।
नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं संस्करण तय छ ।
हालैमात्रै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो । लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । ‘यो हाम्रो लागि निकै गर्वको विषय हो ।
नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीका लागि गौरवको विषय हो,’ पराजुलीले भने ।
एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिँदै म्याराथनको अन्तर्राष्ट्रिय यात्रामा सहयात्रा हुने जनाएका छन् ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया