गणपति लघुवित्त ७ वर्षमा

समाधान संवाददाता २०७९ मंसिर २५ गते ११:०३

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार विभिन्न कार्यक्रम गरी छैठौं वार्षिकोत्सव मनाएको छ । २०७३ मंसिर २४ गतेबाट कारोबार थालेको यस वित्तीय संस्थाका हाल २३ जिल्लामा ४३ शाखा कार्यालय छन् ।

Advertisement

यसले ग्रामीण क्षेत्रका ४० हजार सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैठौं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय र ४३ शाखा कार्यालयमार्फत सामाजिक क्षेत्रमा सहयोगात्मक एवमं चेतनामूलक कार्यक्रम भएका छन् ।

केन्द्रीय कार्यालयमार्फत पोखरा ३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ति आश्रममा वृद्धवृद्धाका लागि बिहानी भोजन तथा अन्य सामग्री संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले वृद्धाश्रमका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया